गर्मी निकै बढ्यो, नो टेन्सन
गर्मी निकै बढ्यो, नो टेन्सन ! अब घरमै बनाउनुहोस् एसी (तरिकासहित) वैशाख महिनाको पनि आधाआधी भइसक्यो । अहिले मुलुकका अधिकांश स्थानमा खपिनसक्नु गर्मी छ । फ्यान चलाउँदा पनि तातो हावा मात्रै फाल्छ । गर्मी भगाउने सबैभन्दा प्रभावकारी विकल्प भनेको एयर कण्डिसनर (एसी) चलाउने नै हो । तर एसी खरिद गर्ने र चलाउने अवस्था अधिकांश नेपालीको छैन । एसी खरिद गर्न महङ्गो त पर्छ नै खरिद गरिसकेपछि पनि धेरै विजुली खपत गर्ने भएकाले चलाईसक्नु हुँदैन । त्यसैले आज हामी तपाईंलाई घरमै एसी तयार गर्ने तरिका सिकाउँदैछौं । आवश्यक सामाग्री: – एउटा प्लास्टिकको बाल्टी – करिब एक डेढ हात लामो पिबीसी पाइपको टुक्रा – एउटा सानो फ्यान – बरफ – बाल्टीमा प्वाल पार्नका लागि कटर – टेप आउनुस् अब एसी तयार गरौं । पहिलो चरण: प्लास्टिकको बाल्टी बिर्को कसेर लगाउन मिल्ने खालको हुनुपर्छ । बाल्टीको बिर्कोमा तपाईंले ल्याउनु भएको सानो फ्यानको आकारको चिनो लगाउनुहोस् । यसका लागि साइन पेन प्रयोग गर्न सक्नुहुन्छ । दोस्रो चरण: अब चिनो लगाएको ठाउँमा काटेर गोलो प्वाल बनाउनुहोस् । ता कि त्यहाँबाट तलतिर फर्काएर फ्यान राख्न...