गर्मी निकै बढ्यो, नो टेन्सन

गर्मी निकै बढ्यो, नो टेन्सन ! अब घरमै बनाउनुहोस् एसी (तरिकासहित)


वैशाख महिनाको पनि आधाआधी भइसक्यो । अहिले मुलुकका अधिकांश स्थानमा खपिनसक्नु गर्मी छ । फ्यान चलाउँदा पनि तातो हावा मात्रै फाल्छ । गर्मी भगाउने सबैभन्दा प्रभावकारी विकल्प भनेको एयर कण्डिसनर (एसी) चलाउने नै हो । तर एसी खरिद गर्ने र चलाउने अवस्था अधिकांश नेपालीको छैन । एसी खरिद गर्न महङ्गो त पर्छ नै खरिद गरिसकेपछि पनि धेरै विजुली खपत गर्ने भएकाले चलाईसक्नु हुँदैन । त्यसैले आज हामी तपाईंलाई घरमै एसी तयार गर्ने तरिका सिकाउँदैछौं ।

आवश्यक सामाग्री:



– एउटा प्लास्टिकको बाल्टी

– करिब एक डेढ हात लामो पिबीसी पाइपको टुक्रा

– एउटा सानो फ्यान

– बरफ

– बाल्टीमा प्वाल पार्नका लागि कटर

– टेप

आउनुस् अब एसी तयार गरौं ।

पहिलो चरण: प्लास्टिकको बाल्टी बिर्को कसेर लगाउन मिल्ने खालको हुनुपर्छ । बाल्टीको बिर्कोमा तपाईंले ल्याउनु भएको सानो फ्यानको आकारको चिनो लगाउनुहोस् । यसका लागि साइन पेन प्रयोग गर्न सक्नुहुन्छ ।



दोस्रो चरण: अब चिनो लगाएको ठाउँमा काटेर गोलो प्वाल बनाउनुहोस् । ता कि त्यहाँबाट तलतिर फर्काएर फ्यान राख्न सकियोस् ।

तेस्रो चरण: फ्यानलाई बाल्टी भित्र फर्काएर राख्नुहोस् । त्यहाँ अडिने गरि टेप लगाउनुहोस् । टेप लगाउँदा ख्याल गर्नुहोला फ्यानको पछिल्लो भाग सबै छोपिनु हुँदैन । छेउ-छेउमामात्रै लगाउँदा पनि फ्यान अडिन सक्छ ।



चौंथो चरण: चित्रमाजस्तै बाल्टीको माथिल्लो भागमा पिबीसी पाइप अट्ने ३ वटा प्वाल बनाउनुहोस् । ति तीनवटा प्वालमा पिबीसी पाइपका टुक्रा राखेर राम्रो सँग टेप लगाएर अड्याउनुहोस् ।



पाँचौं चरण: अब बाल्टीभित्र बरफ राख्नुहोस् । अनि फ्यान जोडिएको बिर्को लगाइदिनुस् । अब फ्यान चलाइदिनुस् । फ्यानले बाहिरबाट तानेर बाल्टीभित्र फालेको हावा भित्र फरबमा ठोकिएर चिसो बन्दछ । अनि तपाईंले जोड्नु भएको ३ टुक्रा पाइपबाट बाहिर निस्किन थाल्छ ।


अब तपाईंको एसी तयार भयो । बन्द कोठामा आवश्यकताअनुसार चलाउनुस् । यसले केही मिनेटमा नै कोठालाई चिसो बनाइदिनेछ । न त धेरै विजुली खपत हुने चिन्ता, न त महङ्गो नै । तर, दैनिकरुपमा आईस (बरफ)को जोहो भने गर्नुपर्दछ । राम्रो कामका लागि थोरै मिहेनत त गर्नु परिहाल्यो नि होइन र ?


बरफको जोहो कहाँबाट गर्ने भन्ने चिन्ता लाग्यो ? त्यसो भए तपाईंलाई कूलर बनाउन सिकाउँछौं । त्यसका लागि बरफ चाहिँदैन । चिसो पानी भए पुग्छ । कुलर बनाउने आइडिया जान्नका लागि तलको लिंकको प्रयोग गर्न सक्नुहुन्छ ।

Comments

Popular posts from this blog

11 Best Ways to Fix Microphone Not Working on Instagram

How to Update Your Home Address On Google Maps

How To Access Notorious Dark Web Anonymously (10 Step Guide)