भारतलाई हराउँदै नेपालले जित्यो फुटभलीमा स्वर्ण

११ असार, काठमाण्डौं । नेपालले भारतलाई तेश्रो दक्षिण एशियाली मैत्रीपूर्ण फुटभली च्याम्पियनसिमा २-० ले पराजित गर्दै स्वर्ण पदकका साथ ट्रफी हात पारेको छ ।
टोखास्थित भुतखेल मैदानमा भएको मैत्रीपूर्ण फुटभली प्रतियोगितामा नेपालले वेष्ट अफ थि्रको खेलमा २०-१८ र १८-१४ले भारतलाई पराजित गरेको हो ।
विच भलिबल जस्तै बालुवामा खेलिने खेलमा हातको सट्टा खुट्टाको प्रयोग गरिने छ । १८ अंकमा खेल समाप्त हुने भएता पनि दुई अंकको फरक अनिवार्य हुनेछ ।
दक्षिण एशियामा नौलो खेलको रुपमा रहेको फुटभली खेल ब्राजिलबाट सुरु भएको हो ।  उक्त खेललाई दक्षिण एशियामा विकास विस्तार गर्ने उद्धेश्यले नेपाल आएको दक्षिण एशियाली फुटभली महासंघका प्रतिनिधी तथा भारतीय फुटभली संघको टोलीले नेपालमा मैत्रीपूर्ण खेलको आयोजना गरेको हो ।
ओलम्पिकमा दर्ता रहेको यस खेललाई नेपालले २०७२ बैशाख १२ गते दक्षिण एशियाली फुटभली च्याम्पियनसिपको रुपमा आयोजना गरि सकेको छ भने थाईल्यान्डमा गत बैशाख ३० देखि आयोजना भएको एशियाली फुटभली च्याम्पियनसिपमा सहभागीता जनाई सकेको नेपाल फुटभली संघका अध्यक्ष मनिष ‘राम’ जोशीले बताए ।

Comments

Popular posts from this blog

11 Best Ways to Fix Microphone Not Working on Instagram

गर्मी निकै बढ्यो, नो टेन्सन

How To Access Notorious Dark Web Anonymously (10 Step Guide)