सेञ्चुरी बैंकले इनोभेटिभ डेभलपमेन्ट बैंक ‘एक्वायर’ गर्ने

१२ असार, काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले रुपन्देहीको भैरवहामा मुख्य कार्यालय रहेको क्षेत्रीयस्तरको इनोभेटिभ डेभलपमेन्ट बैंक एक्वायर (खरिद\ प्राप्ति) गर्ने भएको छ ।
आइतबार बिहान राजधानीको र्‍याडिसन होटलमा भएको एक्वायरसम्बन्धी सैद्दान्तिक सहमतिपत्रमा सेञ्चुरीका अध्यक्ष राजेशकुमार श्रेष्ठ र इनोभेटिभका अध्यक्ष देवेन्द्रबहादुर राउतले हस्ताक्षर गरे ।
सैद्दान्तिक सहमतिअनुसार इनोभेटिभ बैंकमा एक सय कित्ता सेयर हुने सेयरधनीले सेञ्चुरी बैंकको ७६ कित्ता सेयर बराबर पाउनेछन् ।
century innovative bankएक्वायरपछि ८५ करोड रूपैयाँको हकप्रद सेयर जारी गरी चुक्ता पुँजी साढे ५ अर्ब रूपैयाँ बनाउने बैंकका अध्यक्ष श्रेष्ठले बताए । हाल सेञ्चुरीको चुक्ता पुँजी २ अर्ब ८४ करोड र इनोभेटिभको चुक्ता पुँजी २९ करोड रुपैयाँ छ ।
श्रेष्ठका अनुसार अागामी पुससम्ममा एक्वायर पूर्णरूपमा सम्पन्न भइ एकीकृत कारोबार थालिने छ ।
नेपाल राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको न्यूनतम चुक्ता पुँजी ४ देखि २५ गुणासम्मले बढाउनुपर्ने व्यवस्था गरेपछि संस्थाहहरु मर्जर र एक्वायरमा जान बाध्य भएका हुन् । राष्ट्र बैंकको व्यवस्था अनुसार ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने छ ।
 सेञ्चुरीले आर्थिक वर्ष २०७२/७३ को चैत्र मसान्त सम्ममा २६ अर्ब १ करोड रूपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ८३ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकले ३४ करोड ५० लाख रूपैयाँ सञ्चालन नाफा कमाएको छ ।  बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, ८ वटा शाखारहित बैंकिङ र ३ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकलार्इ  बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
इन्नोभेटिभले आ.व. २०७२/७३ को चैत्र मसान्त सम्ममा २ अर्ब १९ करोड निक्षेप संकलन गरी १ अर्ब ७५ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकले ५ करोड २० करोड सञ्चालन नाफा कमाएको छ । बैंकका ९ शाखा कार्यलयहरु सञ्चालनमा छन् ।

Comments

Popular posts from this blog

How To Access Notorious Dark Web Anonymously (10 Step Guide)

10 Best Apps To Take Scrolling Screenshots On Android

11 Best Ways to Fix Microphone Not Working on Instagram