नाै संस्थाले पाए मर्जर र एक्वायरको अनुमति

४ जेठ, काठमाडाैं । नेपाल राष्ट्र बैंकले नौं वटा बैंक तथा वित्तीय संस्थाहरूलाई मर्जरको अनुमति दिएको छ । राष्ट्र बैंकको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले संस्थाहरूलार्इ मर्जर र एक्विजिसनको अनुमति दिएको हो ।
पाँच वटा संस्थाले मर्जका लागि अन्तिम स्वीकृति पाएका छन् भने २ वटा सस्थाले सैद्धान्तिक सहमति पाएका छन् ।
राष्ट्र बैंकले सनइज बैंकलाई नारायणी नेशनल फाइनान्स एक्वायर गर्न सैद्धान्तिक सहमति दिएको भने सिभिललार्इ  इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स गाभ्न  सैद्धान्तिक सहमति दिएको छ ।
त्यसैगरी, कैलाश विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्सलार्इ मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ । त्यसैगरी, साइन रेसुंगा डेभलपमेन्ट बैंक र गौमुखी विकास बैंकबीचको मर्जलाई पनि अन्तिम स्वीकृति दिएको छ । 

Comments

Popular posts from this blog

11 Best Ways to Fix Microphone Not Working on Instagram

गर्मी निकै बढ्यो, नो टेन्सन

How to Update Your Home Address On Google Maps