यस्तो पुल, जहाँ पैदल हिँड्दा पुलिसले पक्राउ गर्छ

के तपाइँले यस्तो पुलका बारेमा सुन्नुभएको छ जहाँ कोही पनि मानिस पैदल हिँड्न सक्दैन ? यदि कोही मानिस त्यहाँ पैदल हिँड्यो भने पुलिसले रोक्नेछ । यदि रोक्दारोक्दै पनि अटेरी गरेर हिँड्यो भने पुलिसले पक्रनेछ ।
हो, भारतको राजस्थानस्थित धौलपुरमा यस्तो पुल छ जसमा पैदलयात्रा गर्न पाइँदैन । उक्त पुलमा पैदल हिँड्न नपाउनुको खास कारण छ । वास्तवमा पैदलयात्रीको सुरक्षाकै लागि त्यस्तो नियम बनाइएको रहेछ ।
जुन नदिमा पुल छ त्यो नदि निकै गहिरो हुनुका साथै त्यसमा खतरनाक गोहीहरु पनि छन् । पुल होँचो भएको र विगतमा धेरै मानिसहरुले उक्त पुलबाट हाम फालेर गोहीलाई ज्यान खुवाएर आत्महत्या गर्ने गरेको   कारणले हाल उक्त पुलमा पैदल यात्रा गर्न प्रतिबन्धित गरिएको हो ।
खतरनाक गोही भएको नदिमा हाम फालेपछि गोहीले मानिसलाई खाइहाल्ने र लास समेत फेला नपर्ने सम्भावना हुन्छ । त्यसैले मानिसहरुले नदिमा हाम फालेर आत्महत्या गरी गोहीले खाइसकेपछि पनि लास भेटिने आशामा गोहीको बीचमा गएर लास खोज्नु नपरोस् भन्ने पनि पुलिसको चाहना हुनसक्छ ।

Comments

Popular posts from this blog

10 Best Apps To Take Scrolling Screenshots On Android

How To Access Notorious Dark Web Anonymously (10 Step Guide)

11 Best Ways to Fix Microphone Not Working on Instagram