अन्तर्राष्ट्रिय फुटबलबाट मेस्सीको सन्यास

१३ असार, काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् ।
अमेरिकामा सम्पन्न कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग टाइब्रेकरमा पराजित भएपछि विक्षिप्त बनेका मेस्सीले अप्रत्यासित रूपमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।
मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनी टोलीले सन् २०१४ को ब्राजिल विश्वकपको फाइनलमा जर्मनीसँग र गत बर्षको कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएको थियो । त्यसअघि सन् २००७ को कोपा अमेरिकामा पनि अर्जेन्टिना फाइनलमै पराजित भएको थियो ।
आज बिहान चिलीबिरुद्धको फाइनलमा पराजित भएपछि अर्जेन्टिनी टेलिभिजनसँग कुरा गर्दै मेस्सीले भने, ‘इट्स अल ओभर, अर्जेन्टिनाका लागि मेरो करिअर यतिमै सकियो ।’ उनले थपे, ‘यो क्षण अत्यन्तै दुःखद छ ।’
यद्यपी उनले अर्जेन्टिनी फुटबल संघले आग्रह गरेको खण्डमा निर्णय परिवर्तन गर्न सक्ने संभावना कायमै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Comments

Popular posts from this blog

10 Best Apps To Take Scrolling Screenshots On Android

How To Access Notorious Dark Web Anonymously (10 Step Guide)

11 Best Ways to Fix Microphone Not Working on Instagram