दिन एक, दृश्य अनेक (फोटो फिचर)

दिन एक, दृश्य अनेक (फोटो फिचर)

काठमाडौं– राजधानी शहर काठमाडौं प्रत्येक दिन विभिन्न ऐतिहासिक गतिविधि र नयाँ आयामहरु लिएर आउँछ। करिब ५० लाख जनसंख्याको आवादी रहेको यस सहरमा राष्ट्रपतिदेखि आम नागरिकसम्म बस्छन्।



 सर्वहारादेखि धनाढ्यसम्मको बास पनि यही सहरले थेगेको छ। यी सबै नागरिक बिहानदेखि बेलुकासम्म आ–आफ्नै गति र लयमा जीवनको दैनिन्दिनी चलाइरहेका हुन्छन्। राजधानी सहरमा साउनको १९ गते बुधबार कसकसले के के गरे र कहाँ कहाँ के के भयो ।
हेरौं एक राजधानीका अनेक दृष्यः
१.  नेपालको ३९ औं प्रधानमन्त्रीका रुपमा निर्वाचित भएपछि संसदभवनबाट बाहिरिनुअघि सञ्चारकर्मी र सांसदहरुलाई हात हल्लाएर अभिवादन गर्दै पुष्पकमल दाहाल।
२. सरकारी निवास बालुवाटार छोडेर आफ्नै निजी निवास बालकोट सरेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालकोटमा उपस्थित शुभचिन्तकहरुलाई सम्बोधन गर्दै। तस्बिरः दिनेश गोले
३. नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो निजी निवास लाजिम्पाटमा पार्टीका कार्यकर्ताबाट शुभकामना ग्रहण गर्दै। तस्बिरः प्रतिक रायमाझी
४. भूकम्पले भत्काएको रानीपोखरी बीचमा रहेको मन्दिरको पुनर्निर्माण गरिँदै। तस्बिरः दिनेश गोले
५. निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर युवाहरुले ओलीको सत्ता बहिर्गमनप्रति असन्तुष्टि जनाउँदै आयोजना गरेको र्यालीका सहभागी। तस्बिरः दिनेश गोले
६. काठमाडौंको पशुपति मन्दिर क्षेत्रमा हात हेरेर भविष्यवाणी गर्दै एक ज्योतिष। तस्बिरः विजय गजमेर

Comments

Popular posts from this blog

11 Best Ways to Fix Microphone Not Working on Instagram

गर्मी निकै बढ्यो, नो टेन्सन

How to Update Your Home Address On Google Maps