अनौठो चलन, जहाँ बिहेअघि केटाको रामधुलाई गरिन्छ

विवाहका अनेक प्रकारका परम्पराको बारेमा सुन्नुभएकै छ । यहीँ मेलोमा दक्षिण कोरियाको एक अनौठो बिहे परम्पराको बारेमा पनि जानिहालौँ ।
weird-marriage-rituals

दक्षिण कोरियामा एउटा यस्तो बिहे परम्परा छ, जहाँ बिहेअघि बेहुलाहरुलाई उभिन्डो पारेर नांगो पाइतालामा लठ्ठीले हिर्काइन्छ ।
यो परम्परा अनुसार बिहेको केही दिन अघि हुनेवाला बेहुलाका साथीहरुले हुनेवाला बेहुलालाई झण्डै उभिन्डो पारेर उसको खुट्टा एउटा काठमा बाँधिदिएका हुन्छन् ।
उसले लगाएका जुत्ता फुकालिएको हुन्छ र पाइताला नांगो हुन्छ । अनि त्यहाँ उपस्थित सबैले एक एक गरी हुनेवाला बेहुलाको पाइतालामा जोडसँग लठ्ठीले हिर्काउँछन् ।
लठ्ठीले मात्र होइन विशेष प्रजातिको माछाले समेत केटाको पाइतालामा हिर्काइन्छ । यो माछाको पिटाइ खाने पुरुष बिहेपछि मजबुत बन्ने विश्वास गरिन्छ ।
यसरी हुनेवाला बेहुलोलाई नांगो पाइतालामा कुट्नुको एकमात्र उद्धेश्य बेहुलामा बिहेको पहिलो रातमा आफ्नो मर्दपना देखाउन सकोस् भनेर रहेछ ।

Comments

Popular posts from this blog

10 Best Apps To Take Scrolling Screenshots On Android

How To Access Notorious Dark Web Anonymously (10 Step Guide)

11 Best Ways to Fix Microphone Not Working on Instagram