यौन क्षमता बढाइदिने छेपारो, जुन ६४ लाख रुपैयाँमा बिक्री हुन्छ

घरका भित्ताहरुमा वा यता उता टाँसिइरहने छेपारोको मूल्य लाखौँ सम्म पर्छ भन्ने कुरा सायदै तपाइँ कल्पना गर्न सक्नुहोला । तर चीनमा एउटा विशेष खालको छेपारोको मूल्य सुन तथा हिरा भन्दा पनि कम छैन ।



यो दुर्लभ छेपारोको नाम गिको हो । यो छेपारोले विशेष आवाज निकाल्दछ । टक के भने जस्तो आवाज निकाल्ने भएकाले यसलाई टक के छेपारो पनि भनिन्छ । चिनिया बजारमा यो छेपारोको मूल्य ६४ लाख रुपैयाँ जति पर्दछ । जाबो एउटा छेपारोको मूल्य यति धेरै पर्नुको खास कारण यो छेपारोमा भएको विशेष गुण हो ।
यो छेपारोको मासु औषधि बनाउनमा प्रयोग हुन्छ । दक्षिण पूर्व एसियामा मधुमेह तथा एड्स र क्यान्सर जस्ता रोगको परम्परागत औषधि बनाउनमा प्रयोग हुन्छ । यति मात्र होइन यौन क्षमता बढाउने औषधि बनाउन पनि यो छेपारोको प्रयोग गरिन्छ ।
अन्तराष्ट्रिय ब्लाक मार्केटमा समेत यो छेपारोको उच्च माग छ । लाखौँ रुपैयाँमा यसको तस्करी हुने गरेको छ । यो जातको छेपारो दक्षिण पूर्व एसिया, इण्डोनेसिया, भारत, फिलिपिन्स तथा नेपालमा पनि पाइन्छ । लगातारको वन विनाशका कारण यो छेपारो अहिले संकटमा परेको छ ।

Comments

Popular posts from this blog

How To Access Notorious Dark Web Anonymously (10 Step Guide)

11 Best Ways to Fix Microphone Not Working on Instagram

10 Best Apps To Take Scrolling Screenshots On Android