यस्तो बस, जसको मुनिबाट कार कुँद्छन्

train_china


चीनको हेबेइ प्रान्तमा यस्तो बसको परीक्षण गरिएको छ जो यति विशाल छ की यसको मुनिबाटै कारहरु दौडिन्छन् ।



यो बस दुइ मिटर अग्लो ट्रान्जिट एलिभेटड बस अर्थात् टिइबी हो । यो बिजुलीको सहायताले चल्दछ । यसमा एकपटक ३ सय जना यात्रु सवार हुन सक्छन् ।
यो बस ७२ फिट लामो तथा २५ फिट चौडा रहेको छ । ३ सय मिटर लामो ट्रयाकमा बसको ट्रायल गरिएको छ ।
आम सडकमा यसका लागि लगाइएका लिकमा यसको गति साठी किलोमिटर प्रति घण्टा हुने अपेक्षा गरिएको छ । चारवटा बस सम्मलाई एकसाथ जोडेर चलाउन सकिन्छ ।
यो बस तयार गर्ने परियोजनाका इन्जिनियर सांग युजेले यो वर्षको सुरुवातमा सिन्ह्वा समाचार एजेन्सीसँग भनेका थिए, यो बसको सबैभन्दा ठूलो फाइदा भनेकै सडकमा अन्य गाडीहरुका लागि यसले प्रसस्त ठाउँ छाड्नेछ ।
यो बस बनाउने कम्पनीका अनुसार अन्य ४० वटा सामान्य बसको क्षमता बराबर यो एकवटा बसको क्षमता रहेको हुन्छ ।

तर चीनका सहरहरुमा यो बस आम रुपमा कहिलेदेखि संचालन हुन्छ भन्ने चाहीँ केही खुलाइएको छैन ।

Comments

Popular posts from this blog

10 Best Apps To Take Scrolling Screenshots On Android

How To Access Notorious Dark Web Anonymously (10 Step Guide)

11 Best Ways to Fix Microphone Not Working on Instagram