साडी पसल मन पराउने विचित्रको साँढे

सुन्दर वस्त्र लगाएका महिलाहरुप्रति पुरुषहरुको आकर्षण हुनु सामान्य कुरा हो । तर महिला सुन्दरताका लागि केवल मान्छे पुरुष मात्र होइन पशु पनि मरिहत्ते गर्दोरहेछ । भारतमा एउटा साँढे महिलाका साडी भनेपछि हुरुक्कै हुने गरेको छ ।
भारतको बनासरस्थित गोदौलिया बजारमा रहेको एक साडी पसलमा हरेक साँझ एउटा साँढे आएर बस्दछ । साडी दुकानमा छिरेर उक्त साँढेले कसैलाई केही गर्दैन, मज्जाले हावा खान्छ अनि सायद साडी किन्न आउने महिलाहरुलाई पनि हेर्दछ होला ।

हिन्दु धर्मको हबको रुपमा रहेको बनारसमा साँढेलाई शिवको वाहनको रुपमा पुजा  गरिन्छ र सम्मान पनि दिइन्छ । बनारसको सडकमा सयौँ छाडा साँढे रहेका छन् । ती छाडा साँढेको हेरचाह नगरपालिकाले गर्ने गर्दछ ।

Comments

Popular posts from this blog

10 Best Apps To Take Scrolling Screenshots On Android

11 Best Ways to Fix Microphone Not Working on Instagram

How To Access Notorious Dark Web Anonymously (10 Step Guide)