कलियुगका द्रौपदी, जसका हुन्छन् ८ जनासम्म लोग्ने

महाभारतको कथामा पाण्डवकी संयुक्त पत्नी द्रौपदीलाई पांचाली पनि भनिन्छ । यसको कारण द्रौपदीका पाँच जना पाण्डव पति थिए । त्रेतायुगको त्यो कथा जहाँ एक महिलाका पाँच जना पति हुन्छन् त्यो समेत अहिले पत्याउन गाह्रो पर्छ । तर यो कलि युगमा द्रौपदी भन्दा पनि अझै कडा महिला निस्किएका छन् । जसका ५ होइन ८ जना सम्म लोग्ने हुन्छन् ।
भारतको मध्यप्रदेश र राजस्थानको सिमानामा रहेको एक गाउँमा केटीहरुको अभावका कारण परिवारका ८ जनासम्म दाजुभाइले एउटै श्रीमती साझेदारी गर्न बाध्य भएका भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
यस्तो अनौठो प्रथा विद्यमान रहेको गाउँको नाम हो मुरैना गाउँ । जहाँ एक महिलाले परिवारका सबै दाजुभाइसँग बिहे गर्छिन् र सबैको साझा दुलही बन्दछिन् ।
बिहेपछि महिला पालो पालो गरेर आफ्ना सबै लोग्नेसँग बस्दछिन् । साँच्ची निकै अप्ठेरो लाग्छ सुन्दा । यो कुनै खुसियालीमा होइन, बाध्यतामा गरिएको हुन्छ । गाउँमा बिवाह गर्नका लागि बेहुलीहरुको अभाव छ । तथा बिहे गर्ने उमेरका केटाहरुको संख्या भने पहिले देखि नै बढि हुँदै आएको छ । जसका कारण यस्तो बहुपति प्रथा परम्परागत रुपमै चल्दै आएको छ । जस अनुसार परिवारमा जति दाजुभाइ भएपनि एउटै साझा श्रीमतीसँग बिहे गर्दछन् । ती श्रमितीमा सबै भाइको बराबर हक लाग्दछ ।

गाउँमा विरलै परिवार मात्र यस्ता छन् जसमा महिलाका केवल एक जना मात्र लोग्ने छन् । पछिल्ला केही वर्षयता भएका विवाहमा युवतीहरुले एकमात्र लोग्नेसँग बिहे गर्नै पाएका छैनन् । कतिपयका त ८ जनासम्म पति छन् ।

Comments

Popular posts from this blog

How To Access Notorious Dark Web Anonymously (10 Step Guide)

10 Best Apps To Take Scrolling Screenshots On Android

11 Best Ways to Fix Microphone Not Working on Instagram