उपभोक्ताबाट गैरकानूनीरुपमा व्याज असुल्दै एनसेल, त्यसैभनिएको रहेनछ लुट्नकै लागि एनसेल

काठमाडौँ ११ असार
एनसेलले प्रिपेड ग्राहकका लागि ऋण सुविधा दिने गर्दछ । रिचार्ज सकिइहाले एकपटकमा २० रुपैंयासम्म व्यालेन्स ऋणमा लिन पाइन्छ । ग्राहकले ऋणबापत २ रुपैंया व्याज तिनुपर्छ । एनसेलले अटोमेटिक २२ रुपैंया काट्छ । यो ऋण अति महंगो दरको छ ।
ncll111
गाँउमा महिनाको सय रुपैंयाको २ रुपैंया ब्याज निकै चर्को मानिन्छ । त्यो बार्षिक २४ प्रतिशत ब्याज हो । त्यसैले मानिसहरु वैकिङ सेवामा ऋण लिन र दिन इच्छुक हुन्छन् । बैकबाट ऋण लिदा व्यक्तिलाई बार्षिक १० देखि १३ प्रतिशत ब्याज पर्न आँउछ ।
अब एन सेलको ऋणको हिसाव गरौं । त्यस स्किमको हिसाब गर्ने हो भने औसतमा १२ घण्टाको सापटी लाई इकाइ मान्दा पनि एक सय रुपैयाको एक दिनको ब्याज २० रुपैया पर्न आँउछ । त्यसलाई एक महिनाको हिसाब गर्दा ६०० रुपैयाँ ब्याज पर्न आँउछ भने त्यसैलाई बार्षिक ब्याजमा रुपान्तरण गर्दा ७२ सय हुन आँउछ ।
एक बर्षमा एक सय साँवाको ७ हजार २ सय ब्याज लिने कम्पनी हो एनसेल । सुन्दा कुरा २ रुपैंयाको हो । तर, अन्तर्यमा यही २ रुपैंयाबाट एनसेलले अरबौ असुलीरहेको छ उपभोक्ताबाट ।
ठगीको यो हदसम्मको उदाहरण सायद अन्त कतै हुन्छ । तर, सरोकारवाला निकाय अर्थमन्त्रालय, सञ्चार मन्त्रालय र उपभोक्ता मञ्च कसैले आवाज उठाएका छैनन् । बिज्ञापन गरेरै मिटरब्याज असुल्ने एनसेलले अर्बौ रकम राज्यलाई तिर्न बांकी रहेको सर्वविविदै छ । यसअघि तिरेको झण्डै १० अर्ब बराबर राजश्व त सानो अंशमात्रै भएको बताइन्छ ।
arth-samiti
को के भन्छन्  ?
एनसेलबारे अर्थसमितिको बैठकमा पूर्वमुख्य सचिव बिमल कोइराला र लीलामणि पौड्यालले दिएको अभिव्यक्ति आक्रामक थियो । पुर्व मुख्यसचिब लीलामणी पौडयालले ब्रम्हलुट देख्दा कस्तो देशको नागरीक भएर जन्मीएछु भनेजस्ता लाग्ने गरेको बताए । एनसेललगायतका अधिकाँश ठुला कम्पनीहरुले राजश्वमा मनपरी गर्दै आएको पौड्यालले प्रष्टाए ।
पूर्वमुख्य सचिब बिमल कोईरालाले एनसेल जालसाँचीपुर्ण तरिकाले जन्मिएको दाबी गरे । ठूला नेताहरुले ऐनसेललाई धाप मारेका कारण राज्यसंयन्त्रमाथि एनसेल हावी भएको उनको भनाइ थियो ।
ncell
एनसेलका प्रबन्ध निर्देशक सिमोन पार्कीसलेसेयर परर्बतन गर्दा पहिलाको सेयरवालाले खेल खेलेको भनी आलटाल गरे ।
प्रस्तुतिः भौतिक मल्ल

Comments

Popular posts from this blog

11 Best Ways to Fix Microphone Not Working on Instagram

गर्मी निकै बढ्यो, नो टेन्सन

How To Access Notorious Dark Web Anonymously (10 Step Guide)