Skip to main content

Posts

मलाई यो उमेरमा टिक्न गाह्रो छः सलमान

मुम्बई । चलचित्र ‘सुल्तान’का सन्दर्भमा दिएको एउटा अन्तरवार्ताको क्रममा ‘बलात्कार’ को प्रसंगले सलमान ठूलै विवादमा फसे । समाजिक सञ्जाल मार्फत सलमानको आलोचना गर्नेहरु निकै बढे । जुन अन्तरवार्तामा उनको बलात्कारको कुरा गरेका थिए, त्यो बाहेक ४५ मिनेट भन्दा बढी अरु कुरा गरेका थिए । उक्त अन्तरवार्तामा सलमानले जिन्दगीका वारेमा अरु पनि कुरा गरेका थिए तर, कसैले चर्चा गरेन । वलात्कार बाहेक अरु के के कुरा गरेका थिए उनले । ५० को उमेरमा गार्‍हो सलमान खान उमेरले ५० वर्षका भए । उनको भनाई अनुसार यो उमेरमा फिल्म उद्योगमा टिक्न त्यति सजिलो छैन । उनले भनेका थिए ‘यो उमेरमा शरीर पनि कमजोर भएको महसुस् हुँदो रहेछ ‘ । बलिउड फिल्म उद्योगमा हिरो बन्नका लागि राम्रो शरिर हुनैपर्ने मान्यता रहेको भन्दै उनले सौन्दर्य टिकाउन निकै मेहनत गर्नुपर्ने बताए । हलिउड फिल्म बलिउडका लागि खतरा हो भन्ने लाग्छ उनलाई । साथै क्षेत्रिय फिल्मको सफलताप्रति पनि बलिउड सजग हुनुपर्ने उनको भनाई थियो । ‘भोजपुरी, मराठी, पञ्जाबी, दक्षिण भारतीय फिल्मको प्रभाव क्रमश बढ्दो छ’ उनले भने ‘अब हिन्दी सिनेमाको टिकटको मुल्य घटाएर सिनेमा घर

उपभोक्ताबाट गैरकानूनीरुपमा व्याज असुल्दै एनसेल, त्यसैभनिएको रहेनछ लुट्नकै लागि एनसेल

काठमाडौँ ११ असार एनसेलले प्रिपेड ग्राहकका लागि ऋण सुविधा दिने गर्दछ । रिचार्ज सकिइहाले एकपटकमा २० रुपैंयासम्म व्यालेन्स ऋणमा लिन पाइन्छ । ग्राहकले ऋणबापत २ रुपैंया व्याज तिनुपर्छ । एनसेलले अटोमेटिक २२ रुपैंया काट्छ । यो ऋण अति महंगो दरको छ । गाँउमा महिनाको सय रुपैंयाको २ रुपैंया ब्याज निकै चर्को मानिन्छ । त्यो बार्षिक २४ प्रतिशत ब्याज हो । त्यसैले मानिसहरु वैकिङ सेवामा ऋण लिन र दिन इच्छुक हुन्छन् । बैकबाट ऋण लिदा व्यक्तिलाई बार्षिक १० देखि १३ प्रतिशत ब्याज पर्न आँउछ । अब एन सेलको ऋणको हिसाव गरौं । त्यस स्किमको हिसाब गर्ने हो भने औसतमा १२ घण्टाको सापटी लाई इकाइ मान्दा पनि एक सय रुपैयाको एक दिनको ब्याज २० रुपैया पर्न आँउछ । त्यसलाई एक महिनाको हिसाब गर्दा ६०० रुपैयाँ ब्याज पर्न आँउछ भने त्यसैलाई बार्षिक ब्याजमा रुपान्तरण गर्दा ७२ सय हुन आँउछ । एक बर्षमा एक सय साँवाको ७ हजार २ सय ब्याज लिने कम्पनी हो एनसेल । सुन्दा कुरा २ रुपैंयाको हो । तर, अन्तर्यमा यही २ रुपैंयाबाट एनसेलले अरबौ असुलीरहेको छ उपभोक्ताबाट । ठगीको यो हदसम्मको उदाहरण सायद अन्त कतै हुन्छ । तर, सरोकारवाला निकाय अर्थम

नाै संस्थाले पाए मर्जर र एक्वायरको अनुमति

४ जेठ, काठमाडाैं । नेपाल राष्ट्र बैंकले नौं वटा बैंक तथा वित्तीय संस्थाहरूलाई मर्जरको अनुमति दिएको छ । राष्ट्र बैंकको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले संस्थाहरूलार्इ मर्जर र एक्विजिसनको अनुमति दिएको हो । पाँच वटा संस्थाले मर्जका लागि अन्तिम स्वीकृति पाएका छन् भने २ वटा सस्थाले सैद्धान्तिक सहमति पाएका छन् । राष्ट्र बैंकले सनइज बैंकलाई नारायणी नेशनल फाइनान्स एक्वायर गर्न सैद्धान्तिक सहमति दिएको भने सिभिललार्इ  इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स गाभ्न  सैद्धान्तिक सहमति दिएको छ । त्यसैगरी, कैलाश विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्सलार्इ मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ ।  त्यसैगरी, साइन रेसुंगा डेभलपमेन्ट बैंक र गौमुखी विकास बैंकबीचको मर्जलाई पनि अन्तिम स्वीकृति दिएको छ । 

सेञ्चुरी बैंकले इनोभेटिभ डेभलपमेन्ट बैंक ‘एक्वायर’ गर्ने

१२ असार, काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले रुपन्देहीको भैरवहामा मुख्य कार्यालय रहेको क्षेत्रीयस्तरको इनोभेटिभ डेभलपमेन्ट बैंक एक्वायर (खरिद\ प्राप्ति) गर्ने भएको छ । आइतबार बिहान राजधानीको र्‍याडिसन होटलमा भएको एक्वायरसम्बन्धी सैद्दान्तिक सहमतिपत्रमा सेञ्चुरीका अध्यक्ष राजेशकुमार श्रेष्ठ र इनोभेटिभका अध्यक्ष देवेन्द्रबहादुर राउतले हस्ताक्षर गरे । सैद्दान्तिक सहमतिअनुसार इनोभेटिभ बैंकमा एक सय कित्ता सेयर हुने सेयरधनीले सेञ्चुरी बैंकको ७६ कित्ता सेयर बराबर पाउनेछन् । एक्वायरपछि ८५ करोड रूपैयाँको हकप्रद सेयर जारी गरी चुक्ता पुँजी साढे ५ अर्ब रूपैयाँ बनाउने बैंकका अध्यक्ष श्रेष्ठले बताए । हाल सेञ्चुरीको चुक्ता पुँजी २ अर्ब ८४ करोड र इनोभेटिभको चुक्ता पुँजी २९ करोड रुपैयाँ छ । श्रेष्ठका अनुसार अागामी पुससम्ममा एक्वायर पूर्णरूपमा सम्पन्न भइ एकीकृत कारोबार थालिने छ । नेपाल राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको न्यूनतम चुक्ता पुँजी ४ देखि २५ गुणासम्मले बढाउनुपर्ने व्यवस्था गरेपछि संस्थाहहरु मर्जर र एक्वायरमा जान बाध्य भएका हुन् । राष्ट्र बैंकको व्यवस्था

जहाँ बग्दछ रगत झैँ रातो झरना

अन्टार्कटिकालाई हिमचादर पनि भनिन्छ । अर्थात् यसको ९८ प्रतिशत भाग सधै हिउँले ढाकेको हुन्छ । सेताम्मे हिउँको यो महादेशमा रगतजस्तै रातो पानी बग्ने झरना पनि छ भन्दा निकै आश्चर्य लाग्नसक्छ । वास्तवमा यो सेतो महादेश अन्टार्कटिकामा रातो झरना छ । अन्टार्कटिकाको म्याकमर्डोस्थित टायलेर हिमनदीमा एउटा यस्तो झरना छ जसमा बग्ने पानीको रंग रगत जस्तै रातो छ । यो झरनाको पानीको रंगकै कारण यसको नाम पनि रक्ते झरना अर्थात् ब्लड फल्स राखिएको छ । अमेरिकी जिव वैज्ञानिक गि्रफिथ टायलरले सन् १९११ मा यो झरना पत्ता लगाएका थिए । यो झरना पाँच तले भवन जत्तिकै अग्लो छ भने यसको पानीमा विभिन्न १७ प्रजातिका सुक्ष्म जिव पाइने बताइन्छ । यो झरनाको पानी रातो हुनुको विशेष कारण छ । यो कुनै रगत होइन । पानीमा भएको आइरन अक्साइडले हावासँग रासायनिक प्रतिक्रिया गर्दा रातो रंगमा बदलिएको हो । यो पूर्णरुपमा रगत जस्तै देखिन्छ ।

नेपालीमाथि तालिवानी निसानाः अर्को आक्रमणको चेतावनी

आइसिङ तामाङ नाइट डिउटीबाट क्याम्प फर्केर मस्त निद्रामा थिए। अचानक बिस्फोटको ठूलो आवाजले तर्सेर उनी ब्युँझिए। त्यो दिन हो- असार ६ गते, सोमबार। स्थानः नेपाली सुरक्षा गार्डको क्याम्प, काबुल। तालिवानी आतंककारीबाट भएको बम विस्फोटमा नजिक दूरीमा रहेका र आफन्तसहित १३ जना मित्र गुमाएका एक भुक्तभोगी साक्षी हुन्- नुवाकोटका आइसिङ। जहाँ उनले चार जना आफन्तसहित सँगै क्याम्पमा बस्ने १३ जना प्रिय साथीहरु गुमाए। आइसिङ बुधबार नेपाल एयरलायन्सको विमान चढेर अब कहिल्यै काबुल नफर्कनेगरि आफन्त र साथीहरुको शवसहित घर फर्किए। उनी बम बिस्फोट हुँदाको त्यो दर्दनाक क्षणको साक्षी मात्रै रहेनन्, उनले आफन्त र साथीहरुको शव लिएर नेपाल आउन र २४ जना नेपालीलाई घर फर्काउन पनि काबुलमा उल्लेख्य भूमिका निभाए। नागरिक शोसँग त्रिभुवन विमानस्थलमा भएको कुराकानीमा आइसिङले काबुल विस्फोटबारे केही नयाँ तथ्यहरु खुलासा गरेका छन्। उनका अनुसार तालिवानीहरु नेपालीमाथि आक्रामक बनेर उत्रिने योजनामा छन्। पूर्व सूचना दिएरै उनीहरुले नेपालीमाथि निसाना साँध्न सुरु गरेका छन्। सोमबार २० तारिखका दिन नेपालीमाथि गरिएको बम बिस्फोटको पूर्व सूचनासमे

यस्ता पो प्रधानमन्त्री!

केही दिनअघि उपराष्ट्रपति नन्दबहादुर पुन चीनबाट फर्कंदै थिए। त्यही समय उनका पुत्र सार्वजनिक सवारी चढेर कतै जाँदैथिए। उपराष्ट्रपतिको सवारीका कारण सडक जाम थियो। त्यसको असर उनका पुत्रमा नपर्ने कुरै भएन। उनी समयमा निर्धारित स्थानमा पुग्न सकेनन्। उनी दिक्क भए। उनले सार्वजनिकरूपमै त्यस्तो अवस्थाप्रति विमति प्रकट गरे। सवारीका नाममा सर्वसाधारणलाई असर पार्न नहुने उनको आशयको सामाजिक सञ्जाललगायत सर्वत्र प्रशंसा भयो। नेपालमा हिजोका दिनमा राजाको सवारी हुँदा घन्टौँ सडक अवरुद्ध हुन्थ्यो। घाइते वा सिकिस्त विरामी बोकेको एम्बुलेन्ससमेत रोकिँदा कतिपयको बाटोमै ज्यान जान्थ्यो त कतिपयलाई रोगले च्यापेर त्यसको असरवृद्धि हुन्थ्यो। त्यसबखत राजा शक्तिशाली थिए, त्यसको खुलेर विरोध गर्ने हिम्मत कसैको थिएन। राजालाई जनताको मत आवश्यक थिएन, उनी जन्मसिद्ध राष्ट्रप्रमुख हुन्थे। राजा दरबारमा बसेर जनहितका कुरा गरिरहन्थे यता जनता सडकमा दुःख झेलिरहन्थे। राजनीतिक परिवर्तनले एक जना राजाको सवारीका कारण सडक रोकिने प्रचलन हट्यो। तर, अहिले थुप्रै 'राजा'ले सडक अवरुद्ध गरेर सर्वसाधारणलाई दुःख दिन थालेका छन्। त्यसमा वर्तमान रा