Skip to main content

Posts

Showing posts from June, 2016

भाइरल बन्यो ब्वाँसोको तस्बिर, वास्तविकता जानेपछि हेरेकोहेर्‍यै हुनुहुनेछ (भिडियोसहित)

एजेन्सी । एउटा बहुरंगी ब्वाँसोको तस्बिरले पछिल्लो समय इन्टरनेटको दुनियाँमा तहल्का मच्चाइरहेको छ । झट्ट हेर्दा त यसलाई तपाईंले ब्वाँसो नै देख्नुहुन्छ । तर, जब यी त तीन निर्बस्त्र युवती हुन् भन्ने वास्तविकता थाहा हुन्छ, तपाईं हेरेकोहेर्‍यै हुनुहुनेछ  https://youtu.be/S71Jmw8FXm8

यी हुन स्व. राजा दीपेन्द्रका बाहीर नल्याईएका तथ्यहरु…

स्व. राजा दीपेन्द्रको ४५ औं जन्मजयन्ती बिशेष भ्याट्याट्याट भ्याट्याट्याट, भ्याट्याट्याट M-16 A2 राईफल (कमाण्डो), HLC MP 5k 9mm सब मसिन गन, 9mm Uns पिस्तोल, 12 बोर SPA 12-L फ्रान्ची बे्रसीयाबाट निस्केको निर्मयी गोलीबाट नारायणहिटी दरवार अकस्मात भएको अक्रान्तबाट शान्त भयो । जनप्रिय राजा तथा उनका १० सन्तानका शरीर शिथील भयो, अन्य चार जना त्यो घटनाको कहिले नमेटीने दाग लिएर बाच्न बाध्य भए, संसार स्तब्ध भयो, नेपालीको मनमा कोलाहल मच्चियो । दरबारको चलन अनुसार प्रत्येक महिनाको एक शुक्रबार भेटी दुःख सुखका कुरा साटासाट गरी तथा आत्मिय कुरा गरी बसी बियालो गर्ने दिन २०५८ साल जेठ १९ गते कालो दिनमा परिणत भयो । यस घटनालाई लिएर बिभिन्न चर्चा परिचर्चा भयो, राष्ट्र टुक्रयाउने तथा नेपाल नवउपनिशेद राख्ने, राजनीति आफ्नो अधिनमा राख्ने शक्तिलाई सुवर्ण अवसर भयो, कयौं झुटका खेती गरेर गुजारा चलाउने राजनीतिज्ञहरुलाई प्रधानमन्त्री बन्ने भर्यागं भयो, राजसंस्था कमजोर हुने र ओरालो लाग्ने दिन गन्ती शुरु भयो भने यसको मुख्य घटनाको कारक २०२८ साल असार १३ गते जन्मिएको युवराज तथा २४ घण्टे महाराजधिराज स्व. दिपेन्द्रको थाप्

राजा महेन्द्रको डायरी

'राजाका तीनवटा डायरीमा ७७ जनाको नाम छ। अत्यन्त संवेदनशील कुरा छन्। ती डायरीलाई अंग्रेजीमा अनुवाद गराउँदा क्राउन प्रिन्स (वीरेन्द्र) लाई धेरै कुरा अवगत हुने भएकाले राजा महेन्द्रले परिस्कृत अंग्रेजीमा अनुवाद गराउन चाहिबक्सेको रहेछ। २०२८ सालमा मलाई अत्यन्त विश्वासका साथ अनुवादको जिम्मेवारी बक्स्यो। सोही साल माघ १७ गते सरकारको स्वर्गारोहण भयो। त्यसपछि ती डायरी मसँगै रहे।' सुन्दा आश्चर्य लाग्छ। २०१० सालतिरै अंग्रेजीमा एमए गरेर पनि मन्त्री, राजदूत वा सांसदलगायत कुनै सरकारी पदमा बस्न नचाहेका ती 'गुमनाम' व्यक्ति अंग्रेजीका राम्रा-राम्रा पुस्तक पढेर त्यसको सारांश राजा महेन्द्रलाई सुनाउँदा रहेछन्। योग्य व्यक्तिलाई टपक्क टिपेर अत्यन्त गहन जिम्मेवारी दिने राजाले कुन पदमा बसेर काम गर्नुहुन्छ भन्दै उनलाई धेरैपल्ट सोधेछन्। 'प्रशस्त सम्पत्ति छँदै थियो, त्यसैले जागिर खाने वा केही महिनापछि 'पूर्वमन्त्री' हुने इच्छा पनि भएन', उनी हाँस्दै भन्छन्। तीन वर्षजति संगत गरेपछि केही सर्त राखेर उनकै सामुन्ने डायरी पढ्ने पंक्तिकारलाई अनुमति मिल्यो। सरलक होम्सको जासुसी उपन्य

यस्तो पुल, जहाँ पैदल हिँड्दा पुलिसले पक्राउ गर्छ

के तपाइँले यस्तो पुलका बारेमा सुन्नुभएको छ जहाँ कोही पनि मानिस पैदल हिँड्न सक्दैन ? यदि कोही मानिस त्यहाँ पैदल हिँड्यो भने पुलिसले रोक्नेछ । यदि रोक्दारोक्दै पनि अटेरी गरेर हिँड्यो भने पुलिसले पक्रनेछ । हो, भारतको राजस्थानस्थित धौलपुरमा यस्तो पुल छ जसमा पैदलयात्रा गर्न पाइँदैन । उक्त पुलमा पैदल हिँड्न नपाउनुको खास कारण छ । वास्तवमा पैदलयात्रीको सुरक्षाकै लागि त्यस्तो नियम बनाइएको रहेछ । जुन नदिमा पुल छ त्यो नदि निकै गहिरो हुनुका साथै त्यसमा खतरनाक गोहीहरु पनि छन् । पुल होँचो भएको र विगतमा धेरै मानिसहरुले उक्त पुलबाट हाम फालेर गोहीलाई ज्यान खुवाएर आत्महत्या गर्ने गरेको   कारणले हाल उक्त पुलमा पैदल यात्रा गर्न प्रतिबन्धित गरिएको हो । खतरनाक गोही भएको नदिमा हाम फालेपछि गोहीले मानिसलाई खाइहाल्ने र लास समेत फेला नपर्ने सम्भावना हुन्छ । त्यसैले मानिसहरुले नदिमा हाम फालेर आत्महत्या गरी गोहीले खाइसकेपछि पनि लास भेटिने आशामा गोहीको बीचमा गएर लास खोज्नु नपरोस् भन्ने पनि पुलिसको चाहना हुनसक्छ ।

अन्तर्राष्ट्रिय फुटबलबाट मेस्सीको सन्यास

१३ असार, काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । अमेरिकामा सम्पन्न कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग टाइब्रेकरमा पराजित भएपछि विक्षिप्त बनेका मेस्सीले अप्रत्यासित रूपमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनी टोलीले सन् २०१४ को ब्राजिल विश्वकपको फाइनलमा जर्मनीसँग र गत बर्षको कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएको थियो । त्यसअघि सन् २००७ को कोपा अमेरिकामा पनि अर्जेन्टिना फाइनलमै पराजित भएको थियो । आज बिहान चिलीबिरुद्धको फाइनलमा पराजित भएपछि अर्जेन्टिनी टेलिभिजनसँग कुरा गर्दै मेस्सीले भने, ‘इट्स अल ओभर, अर्जेन्टिनाका लागि मेरो करिअर यतिमै सकियो ।’ उनले थपे, ‘यो क्षण अत्यन्तै दुःखद छ ।’ यद्यपी उनले अर्जेन्टिनी फुटबल संघले आग्रह गरेको खण्डमा निर्णय परिवर्तन गर्न सक्ने संभावना कायमै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतलाई हराउँदै नेपालले जित्यो फुटभलीमा स्वर्ण

११ असार, काठमाण्डौं । नेपालले भारतलाई तेश्रो दक्षिण एशियाली मैत्रीपूर्ण फुटभली च्याम्पियनसिमा २-० ले पराजित गर्दै स्वर्ण पदकका साथ ट्रफी हात पारेको छ । टोखास्थित भुतखेल मैदानमा भएको मैत्रीपूर्ण फुटभली प्रतियोगितामा नेपालले वेष्ट अफ थि्रको खेलमा २०-१८ र १८-१४ले भारतलाई पराजित गरेको हो । विच भलिबल जस्तै बालुवामा खेलिने खेलमा हातको सट्टा खुट्टाको प्रयोग गरिने छ । १८ अंकमा खेल समाप्त हुने भएता पनि दुई अंकको फरक अनिवार्य हुनेछ । दक्षिण एशियामा नौलो खेलको रुपमा रहेको फुटभली खेल ब्राजिलबाट सुरु भएको हो ।  उक्त खेललाई दक्षिण एशियामा विकास विस्तार गर्ने उद्धेश्यले नेपाल आएको दक्षिण एशियाली फुटभली महासंघका प्रतिनिधी तथा भारतीय फुटभली संघको टोलीले नेपालमा मैत्रीपूर्ण खेलको आयोजना गरेको हो । ओलम्पिकमा दर्ता रहेको यस खेललाई नेपालले २०७२ बैशाख १२ गते दक्षिण एशियाली फुटभली च्याम्पियनसिपको रुपमा आयोजना गरि सकेको छ भने थाईल्यान्डमा गत बैशाख ३० देखि आयोजना भएको एशियाली फुटभली च्याम्पियनसिपमा सहभागीता जनाई सकेको नेपाल फुटभली संघका अध्यक्ष मनिष ‘राम’ जोशीले बताए ।

साउनदेखि महानगरका सबै वडामा नक्साको दर्ता अनलाइनबाटै

साउनदेखि महानगरका सबै वडामा नक्साको दर्ता अनलाइनबाटै १५ दिन नयाँ नक्सा दर्ता बन्द हुने रासस २०७३ असार १२ गते १८:११ मा प्रकाशित 1 प्रतिक्रिया 44 SHARES Share to Facebook Share to Twitter Share to Email १२ असार, काठमाडौं। काठमाडौं महानगरपालिकाले आन्तरिक मिसिल व्यवस्थापन गर्न असार १६ गतेदेखि असार मसान्तसम्मका लागि नयाँ नक्सा दर्ता प्रक्रिया बन्द गर्ने भएको छ । यसै आवको अहिलेसम्म दर्ता भइसकेका पास हुन बाँकी रहेका नक्साको काम भए पनि १६ गतेदेखि मसान्तसम्म अरु नयाँ नक्सा दर्ताको काम नहुने कामपाका सहरी विकास विभाग प्रमुख तथा इन्जिनियर राम थापाले बताए । चालु आवमा नक्सासँग सम्बन्धित भए गरेको कामको विवरण र आगामी आवका लागि गरिने कामको विवरण तयार गर्नुपर्ने भएको हुँदा केही समयका लागि नक्सा दर्ता गर्ने काम रोक्न लागिएको उनको भनाइ छ । यसैबीच, आगामी साउन महिनादेखि काठमाडौँ महानगरपालिको ३५ वटै वडाका नागरिकले घरबाटै अनलाइबाट नक्सा पासका लागि दर्ता गर्न पाउने भएका छन् । नागरिकलाई सहज र सेवा पारदर्शी बनाउन उक्त सेवा विस्तार गर्न लागिएको प्रमुख थापाले बताए । उनले भने , “क

स्मार्टफोनको ब्याट्री लाइफ बढाउने केही टिप्स

स्मार्टफोन प्रयोगकर्ताहरुको लागि सबैभन्दा ठूलो तनावको कारण नै यसको ब्याट्री चार्ज छिटै रित्तिनु हुन्छ । कहिलेकाहीँ यस्तो बेलामा मोबाइलको चार्ज सकिन्छ जब हामीलाई मोबाइल निकै आवश्यक हुन्छ । त्यसैले चार्जर र पावर बैंक समेत सँगै लिएर हिँड्नु बाध्यता हुन्छ । चार्जर र पावर बैंक बोक्नु मोबाइलको ब्याट्रीको चार्ज छिटो रित्तिने समस्याकेा समाधान होइन । तरपनि यो समस्याको समाधानको कोसिस निकै कमले गर्दछन् । यदि केही काइदा अपनाउने हो भने एन्ड्रोइड स्मार्टफोनकेा ब्याट्रीको चार्ज लामो समयसम्म टिकाउन सकिन्छ । जसमध्ये ५ कायदा यस्ता छन्ः १. स्मार्टफोनको ब्याट्रीको चार्ज धेरै नरित्ताउनुहोस् । जब प्रयोग गर्दै जाँदा ब्याट्रीको चार्ज ४० प्रतिशतमा र्झदछ तब रिचार्ज गर्नुहोस् । तर हरेक तिन महिनामा भने मोबाइलको ब्याट्री चार्जलाई पूरै रित्याउनुहोस् र मात्र रिचार्ज गर्नुहोस् । यसो गर्दा ब्याट्रीको चार्जिङ क्षमता बढ्ने ब्याट्री युनिभर्सिटी ब्लगमा दाबी गरिएको छ । २. मोबाइलको कल घण्टी खुला गर्नुहोस् । भाइब्रेसन एक्टिभेट गर्दा त्यसले ब्याट्रीकेा चार्ज बढि खपत गर्दछ । ३. तपाइँको स्मार्टफोनमा कुन एपले बढि ब्या

गोली चल्छ, गुण्डाको राज चल्दैनः एसएसपी खनाल

१२ असार, काठमाडौं । प्रहरीले विहीबार राजधानीको बिजुलीबजार नजिकै जसवन्त राईलाई तिघ्रामा दुई गोली प्रहार गरेर पक्राउ गर्‍यो । आखिर राईलाई गोली नै किन हान्नुपर्‍यो ? गोली प्रहार नगरी समातेको भए हुँदैनथ्यो ? यस्तो प्रश्नमा अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाल हतियार बोकेका गुण्डाहरुका अगाडि निरीह बन्न नसक्ने बताउँछन् । खनाल भन्छन्-‘गुण्डाका अगाडि प्रहरी नै असुरक्षित भएपछि गोली चल्छ, गुण्डाको राज चल्दैन, यो अरु गुण्डाहरुले पनि बुझे हुन्छ ।’ एसएसपी खनालले थपे- ‘जनतालाई सास्ती दिने र आतंक मच्चाउने गुण्डाहरुलाई छाडन सकिँदैन, यो हाम्रो कर्तव्य नै हो । यदि अरु पनि यस्ता गुण्डाहरु छन् भने जनताले प्रहरीलाई खबर गर्नुपर्‍यो, हामी त्यस्तालाई कारवाही गर्छौं ।’ सानो-सानो समूह बनाउने र आफ्नो टोलतिर धम्क्याउँदै लुटपाट गर्ने समूह सक्रिय हुन थालेको भन्दै खनालले तिनीहरुको विरुद्ध प्रहरी कठोर हुने बताए । के हो जसवन्त राईको हैसियत ? बिहीबार चार वटा मोटर साइकलमा अन्य सहयोगीसहित हुइँकिइरहेका राईलाई बिजुलीबजार पुल नजिकै आएपछि महाशाखाको टोलीले रोक्न खोज्यो । तर, उनी रोकिएनन् । जब प्रहरीले अगाडिबाट रा

विद्युत प्राधिकरणको लापरबाही, बिजुलीको तार जमिनमा

१३ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा विद्युतीय लाइनको अव्यवस्थित तार, कमसल खम्बा र बेला बेलामा आउने बढी करेन्ट प्रवाह(हाइभोल्टेज)का कारण करेन्ट लागेर तीन वर्षमा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । चालु आवमा मात्र करेन्ट लागेर पाँच जनाले ज्यान गुमाए । गत ११ गते मात्र सिपापोखरे गाविस–१ कि ६० वर्षीया फत्तकुमारी घिमिरे खेतमा मकै गोडिरहेको अवस्थामा विद्युत् लाइनको तार चुडिएर करेन्ट लागेपछि खेतमै आफ्नो प्राण त्यागिन् । नेपाल विद्युत् प्राधिकरणको लापर्बाहीको कारण वर्षौंपिच्छे अकालमा ज्यान गुमाउन बाध्य छन् सिन्धुवासी । विद्युत्कोे उचित व्यवस्थापन नहुँदा धेरैले अकालमा ज्यान गुमाउनु परेको मेलम्ची नगरपालिका–१२ का स्थानीय शिक्षक गणेश दाहालले बताए । ०७२ भदौ २३ गते बाटोमा हिँड्दै गर्दा ११ हजार भोल्डकोे हाइटेन्सनको तार चुडिएर एक व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक रवीन्द्र केसीले बताए । उनका अनुसार चालु आवमा करेन्ट लागेर मृत्यु हुनेमा फुल्पिङडाँडाका ११ वर्षीय बालक अब्राहम सुवेदी बाटो हिँड्दै गर्दा करेन्ट लागेर ज्यान गुमाए । त्यस्तै भोटसिपा

मन्त्रीकै अगाडि गाइयो- ‘भारतले जे भने नि स्वीकार गरी मान’

१२ असार, काठमाडौं । अर्घाखाँची जिल्लाको जनज्योति विद्यालयलाई भारतीय दूतावासले एउटा भवन बनाइदियो । त्यसको कृतज्ञता उक्त विद्यालयले दयनीय ढंगले व्यक्त गरेको छ । भवन उदघाटन समारोहमा उपप्रधानमन्त्री तथा नेपालका लागि भारतीय राजदूत रञ्जित रायसमेत उपस्थित थिए । अर्घाखाँची उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको गृह जिल्ला हो । विद्यालयको उदघाटन समारोहको सुरुमै तीनजना छात्रालाई स्वागत गानका लागि मञ्चमा बोलाइयो । गुन्यु चोली र साडीमा मञ्चमा आएर उनीहरुले भारतको भक्तिगान गाए । गीतका शब्दहरु कसले कोरेका हुन् खुलेको छैन । तर, ती शब्दहरु कुनै पनि स्वाभिमानी नेपालीले पचाउनेखालका छैनन् । गीतको आरम्भमा भनिएको छ- ‘स्वागत गछौर्ं हामी शीरमा राखी हात, नवज्योति अघि बढ्यो भारतकै साथ ।’ त्यसपछि गीतमा यस्ता शब्दहरु छन्,- ‘खोई ज्योती तिमी त अन्त धाउँदैनौ भारत छोडी अन्त नाता कहीँ पनि जोड्न पाउँदैनौ भारतसँग नाता जोडी केही पाउँदैनौ जान भारतले जे भने नि स्वीकार गरी मान भारतले गर्दा पायौं हाम्ले यत्रो ज्ञान यो भन्दा ठूलो अरु केही पाउँदैनौं ज्यान ।’ यो गीतको भिडियो अर्घाखाँचीका पत्रकार हरिप्रसाद नेपालीले फेस

लोकसेवाको कापी जाँच्ने भीमदेव भन्छन्- यो ‘बोका प्रशासन’ हो

१२ असार, काठमाडौं । प्रशासनविद भीमदेव भट्ट त्रिभुवन विश्वविद्यालयका पूर्वप्रध्यापक हुन् उनी लोकसेवा आयोगका पूर्वआयुक्त पनि हुन् । लोकसेवाबाट अवकाश पाएपछि पनि उनी लगातार त्यहाँको परीक्षामा अन्तर्वार्ता लिने र परीक्षाको कपी जाँच्ने जस्ता काममा निरन्तर संलग्न छन् । नेपालको निजामति प्रशासनको मसिनो अध्ययन गरेका भट्टसँग अनलाइनबखरले अहिलेको प्रशासनको अवस्थाबारे जिज्ञासा राख्दा जवाफमा उनले भने- हाम्रो प्रशासन ‘बोका प्रशासन’ हो, यसले सेवाग्राहीको हित हेर्दैन । राणा शासन र राजसंस्था कालमा हुकुमका भरमा प्रशासक तोकिन्थ्यो । शासकसँग पहुँच हुनु नै प्रशासकको योग्यता र क्षमता मानिन्थ्यो । त्यसबाहेक कुनै थप योग्यताको जरुरत थिएन । भट्टका अनुसार त्यस्तो प्रवृत्तिलाई ‘बोका प्रशासक’ भनेर चिनिन्थ्यो । यसको अर्थ एउटालाई प्रशासकको रुपमा अभ्याइन्थ्यो, तर प्रशासन आफैँ चल्थ्यो । यस्तो प्रशासन सेवाग्राहीको हितमा नहुने भट्टको विश्लेषण छ । प्रशासनविद् भट्ट अहिले पनि निजामति प्रशासनमा सुधार नभएको भन्दै यसलाई ‘बोका प्रशासन’कै रुपमा ब्याख्या गर्छन् । उनी भन्छन्- ‘प्रशासन सबैले चलाउन सक्छ र एउटालाई प्रशासकका रुप