सुन्दर वस्त्र लगाएका महिलाहरुप्रति पुरुषहरुको आकर्षण हुनु सामान्य कुरा हो । तर महिला सुन्दरताका लागि केवल मान्छे पुरुष मात्र होइन पशु पनि मरिहत्ते गर्दोरहेछ । भारतमा एउटा साँढे महिलाका साडी भनेपछि हुरुक्कै हुने गरेको छ । भारतको बनासरस्थित गोदौलिया बजारमा रहेको एक साडी पसलमा हरेक साँझ एउटा साँढे आएर बस्दछ । साडी दुकानमा छिरेर उक्त साँढेले कसैलाई केही गर्दैन, मज्जाले हावा खान्छ अनि सायद साडी किन्न आउने महिलाहरुलाई पनि हेर्दछ होला । हिन्दु धर्मको हबको रुपमा रहेको बनारसमा साँढेलाई शिवको वाहनको रुपमा पुजा गरिन्छ र सम्मान पनि दिइन्छ । बनारसको सडकमा सयौँ छाडा साँढे रहेका छन् । ती छाडा साँढेको हेरचाह नगरपालिकाले गर्ने गर्दछ ।
Worlds Best Tech News You Must Read