Skip to main content

Posts

साडी पसल मन पराउने विचित्रको साँढे

सुन्दर वस्त्र लगाएका महिलाहरुप्रति पुरुषहरुको आकर्षण हुनु सामान्य कुरा हो । तर महिला सुन्दरताका लागि केवल मान्छे पुरुष मात्र होइन पशु पनि मरिहत्ते गर्दोरहेछ । भारतमा एउटा साँढे महिलाका साडी भनेपछि हुरुक्कै हुने गरेको छ । भारतको बनासरस्थित गोदौलिया बजारमा रहेको एक साडी पसलमा हरेक साँझ एउटा साँढे आएर बस्दछ । साडी दुकानमा छिरेर उक्त साँढेले कसैलाई केही गर्दैन, मज्जाले हावा खान्छ अनि सायद साडी किन्न आउने महिलाहरुलाई पनि हेर्दछ होला । हिन्दु धर्मको हबको रुपमा रहेको बनारसमा साँढेलाई शिवको वाहनको रुपमा पुजा  गरिन्छ र सम्मान पनि दिइन्छ । बनारसको सडकमा सयौँ छाडा साँढे रहेका छन् । ती छाडा साँढेको हेरचाह नगरपालिकाले गर्ने गर्दछ ।

कलियुगका द्रौपदी, जसका हुन्छन् ८ जनासम्म लोग्ने

महाभारतको कथामा पाण्डवकी संयुक्त पत्नी द्रौपदीलाई पांचाली पनि भनिन्छ । यसको कारण द्रौपदीका पाँच जना पाण्डव पति थिए । त्रेतायुगको त्यो कथा जहाँ एक महिलाका पाँच जना पति हुन्छन् त्यो समेत अहिले पत्याउन गाह्रो पर्छ । तर यो कलि युगमा द्रौपदी भन्दा पनि अझै कडा महिला निस्किएका छन् । जसका ५ होइन ८ जना सम्म लोग्ने हुन्छन् । भारतको मध्यप्रदेश र राजस्थानको सिमानामा रहेको एक गाउँमा केटीहरुको अभावका कारण परिवारका ८ जनासम्म दाजुभाइले एउटै श्रीमती साझेदारी गर्न बाध्य भएका भारतीय संचारमाध्यमहरुले जनाएका छन् । यस्तो अनौठो प्रथा विद्यमान रहेको गाउँको नाम हो मुरैना गाउँ । जहाँ एक महिलाले परिवारका सबै दाजुभाइसँग बिहे गर्छिन् र सबैको साझा दुलही बन्दछिन् । बिहेपछि महिला पालो पालो गरेर आफ्ना सबै लोग्नेसँग बस्दछिन् । साँच्ची निकै अप्ठेरो लाग्छ सुन्दा । यो कुनै खुसियालीमा होइन, बाध्यतामा गरिएको हुन्छ । गाउँमा बिवाह गर्नका लागि बेहुलीहरुको अभाव छ । तथा बिहे गर्ने उमेरका केटाहरुको संख्या भने पहिले देखि नै बढि हुँदै आएको छ । जसका कारण यस्तो बहुपति प्रथा परम्परागत रुपमै चल्दै आएको छ । जस अनुसार परिवारमा जति

अनौठो चलन, जहाँ बिहेअघि केटाको रामधुलाई गरिन्छ

विवाहका अनेक प्रकारका परम्पराको बारेमा सुन्नुभएकै छ । यहीँ मेलोमा दक्षिण कोरियाको एक अनौठो बिहे परम्पराको बारेमा पनि जानिहालौँ ।

यस्तो बस, जसको मुनिबाट कार कुँद्छन्

चीनको हेबेइ प्रान्तमा यस्तो बसको परीक्षण गरिएको छ जो यति विशाल छ की यसको मुनिबाटै कारहरु दौडिन्छन् ।

ओलीका केही कर्मः कसले सम्झिने ? किन सम्झिने ?

टिप्पणी । प्रधानमन्त्रीबाट निवर्तमान भएलगत्तै केपी शर्मा ओली संसद भवनको मुख्यद्वारबाट सानका साथ निस्किए । उनका पछाडि करीव दर्जन सांसदहरु थिए । टेलिभिजन क्यामेराहरुले घेरिएका उनले करीव तीनचार मिनेट जति चारैतिर नियाले, अनि प्रफुल्ल मुद्रामा हात हल्लाउदै मिडियाकर्मीसँग प्रतिक्रिया नदिई बाहिरिए ।

२२ करोडमा एक छाक खाना

एकातिर कुनै कम्पनीहरुले सबैखाले ग्राहक लोभ्याउनका लागि अनेक प्रकारका हतकण्डा अपनाउँछन् । अर्कोतर्फ भने केही कम्पनीहरु अर्वपति धनाढ्य ग्राहकहरुका लागि मात्र खुलेका हुन्छन् ।

यौन क्षमता बढाइदिने छेपारो, जुन ६४ लाख रुपैयाँमा बिक्री हुन्छ

घरका भित्ताहरुमा वा यता उता टाँसिइरहने छेपारोको मूल्य लाखौँ सम्म पर्छ भन्ने कुरा सायदै तपाइँ कल्पना गर्न सक्नुहोला । तर चीनमा एउटा विशेष खालको छेपारोको मूल्य सुन तथा हिरा भन्दा पनि कम छैन ।